News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले भारतले लद्दाखका २८ स्थानको मानक नाम घोषणा गरेकोमा आपत्ति जनाउँदै त्यो अवैध र अमान्य भएको बताएको छ।
- माओ निंगले भारतको कदमले चीन-भारत सीमाको पश्चिमी क्षेत्रका ती भूभाग सधैँ चीनकै हुन् भन्ने तथ्य नबदलिने भनिन्।
- भारतको विदेश मन्त्रालयले लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग भएको भन्दै चीनको अस्वीकारले उक्त तथ्य नबदलिने प्रतिक्रिया दिएको छ।
२७ असोज, काठमाडौं । भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् ।
निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही स्थानसहित २८ वटा क्षेत्रको मानक नाम आधिकारिक नक्सामा समावेश गर्ने घोषणा गरेको थियो।
सोही कदमबारे सोधिएको प्रश्नको जवाफ दिँदै माओ निंगले भनिन् , ‘भारतको यो कदम अवैध र अमान्य छ र यसले चीन-भारत सीमाको पश्चिमी क्षेत्रका ती भूभाग सधैँ चीनकै हुन् भन्ने तथ्यलाई बदल्न सक्दैन।’
चीनको आपत्तिपछि भारतको विदेश मन्त्रालयले पनि त्यसको जवाफ दिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग भएको बताएका छन् ।
रणधीर जयसवालले प्रेस वक्तव्यमार्फत भनेका छन् , ‘लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो। चीनले जति अस्वीकार गरे पनि यो स्थापित तथ्यलाई बदल्न सकिँदैन।’
भारत सरकारले अक्टोबर २ मा लद्दाखका २८ रणनीतिक तथा भौगोलिक स्थानहरूको आधिकारिक नाम तय गरेको थियो।
सर्भे अफ इन्डियाको आधिकारिक नक्सामा ती स्थानहरूको सही पहिचान गर्न र जनमानसमा स्पष्टता ल्याउन यो कदम चालिएको भारतले स्पष्ट पारेको छ।
प्रतिक्रिया 4