+

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार

२०८३ असोज  २८ गते १२:१९ २०८३ असोज २८ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २०औं एसियन गेम्सका पदक विजेता करातेका तेञ्जिङ शर्मा, महिला कबड्डी टोली, प्रशिक्षक र व्यवस्थापकलाई नियमावलीअनुसार पुरस्कार रकम खातामा जम्मा गरिदिएको छ।
  • तेञ्जिङले ६ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका छन्।
  • महिला कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार पाएका छन्।

२८ असोज, काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् ।

सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो ।

यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् ।

कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार पाएका छन् ।

जापानको नायोगामा भएको २०औं एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कांस्यपदक जितेका थिए ।

२०औं एसियन गेम्स पदक विजेता खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय