News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसलको उपाधि मैनावती फुटबल क्लब धनुषाले जितेको छ ।
- बुधबारको फाइनलमा मैनावतीले लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
- प्रतियोगितामा ३२ टिम सहभागी भएका थिए भने भीम सुनुवार सर्वाधिक गोलकर्ता, अश्वित सुनुवार उत्कृष्ट गोलरक्षक र गुण्डास सुनुवार उदयीमान खेलाडी घोषित भए ।
२८ असोज, काठमाडौं । दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिताको उपाधि मैनावती फुटबल क्लब धनुषाले जितेको छ । बुधबार भएको फाइनल खेलमा लोकतान्त्रिक किरात सुनुवार संघ नेपाललाई ४–२ ले पराजित गर्दै क्लबले दोस्रो संस्करणको उपाधि उचालेको हो ।
उपाधिसँगै मैनावती क्लबले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गर्ने लोकतान्त्रिक किरात सुनुवार संघले २९ हजार ५५५ र साब्राली सुनुवार समाज तेस्रो स्थान हासिल गर्दै १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै प्रतियोगतामा सर्वाधिक गोलकर्ताको पुरस्कार लोकतान्त्रिक किरात सुनुवार सङ्घका भीम सुनुवारले प्राप्त गरेका छन् । उनले व्यक्तिगत ७ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । त्यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड मैनावती फुटबल क्लबका अश्वित सुनुवारले प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीको अवार्ड मैनावती फुटबल क्लबका खेलाडी गुण्डास सुनुवारले प्राप्त गरे ।
राष्ट्रसेवामा सुनुवार राष्ट्र सेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक भन्ने मूल नाराका साथ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ३२ टिम सहभागि भएका थिए ।
आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारले खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायकाबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी गर्दै सम्बन्ध विस्तारमा समेत योगदान र्पुयाउने उद्देश्यले आयोजना गरेका बताए ।
प्रतिक्रिया 4