News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२०आई अलराउन्डर वरियतामा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी चौथोबाट पाँचौं स्थानमा झरेका छन् ।
- दीपेन्द्रको रेटिङ अंक २५५ छ, र रस्टन चेज भारतविरुद्धको टी-२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा तेस्रोमा उक्लिएका छन् ।
- अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा ३२१ रेटिङ अंकसहित यथावत् छन् ।
२८ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ छ ।
नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल भारतसँगको टी-२०आई शृङ्खलामा खेलिरहेका छन् । त्यहाँ गरेको प्रदर्शनका आधारमा चेज तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२१ यथावत् छ ।
दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।
प्रतिक्रिया 4