News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा सहचालक धानुक सुनारको घटनास्थलमै मृत्यु भएको छ।
- चुवाखोलाबाट दोजामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
- दुर्घटनापछि चालक नाकु लामाले प्रहरी चौकी ठेहेमा जानकारी गराएका थिए, र प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको थियो।
दुर्घटनाका क्रममा ट्याक्टरको टायरमा परेर सहचालक सुनारको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
ट्याक्टर चालक लामाले टेलिफोनमार्फत प्रहरी चौकी ठेहेमा घटनाबारे जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक हरिबहादुर काउछाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनास्थल प्रहरी चौकी ठेहेबाट पूर्वतर्फ करिब तीन घण्टा पैदल दूरीमा रहेको छ। दुर्घटनापछि चालक, मृतकको शव र ट्याक्टर घटनास्थलमै रहेको जनाएकाे छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र ठेहे प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।
प्रतिक्रिया 4