+
+
Shares

बढ्यो महँगी

चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता  मुद्रास्फीति जम्मा १.८७ प्रतिशत रहेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ, जुन साउनको ५.९६ प्रतिशत र गत वर्षको भदौको १.८७ प्रतिशतभन्दा बढी हो।
  • चालु आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
  • भदौमा थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ, जबकि गत आर्थिक वर्षको सोही महिनामा यो २.१० प्रतिशत थियो।

२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । साउन महिनामा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता  मुद्रास्फीति जम्मा १.८७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो ।

चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.७८ प्रतिशतले र सहरी क्षेत्रको ६.१९ प्रतिशतले बढेको छ। भदौमा प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेश प्रदेशमा ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको भदौ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२८ प्रतिशत, तराईको ६.८९ प्रतिशत, पहाडको ६.४१ प्रतिशत र हिमालको ५.६९ प्रतिशत रहेको छ ।

भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?