+
+
Shares

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते ८:०७

३० असोज, काठमाडौं । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ।

सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ ।

उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि डेढ महिना तोकिएको छ।

सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा कांग्रेसका नेता विश्वप्रकाश शर्मा, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्झौतामार्फत खुलामञ्चमा क्षति पुगेका दुबोको पुनःरोपण, स्याहार र संरक्षण गर्ने कार्य अघि बढाइनेछ।

कांग्रेसको १५औं महाधिवेशन १८-२३ असोजसम्म सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?