+
+
Shares

तोलामा १७ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेर २ लाख ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबारदेखि बिहीबारसम्म लगातार घटेको थियो ।
  • शुक्रबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँ बढेर ४ हजार १५० रुपैयाँ कायम भएको छ ।

३० असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य घटेको थियो । शुक्रबार मूल्य बढेको हो । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएकोे थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?