+
+
Shares

३ दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : मन्त्री लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गत नारापास–हिल्सा सडक खण्ड ३ दिनभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ।
  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा हिउँ पन्छाइरहेको जानकारी दिएका छन्।
  • नाउरपानी क्षेत्रमा बाक्लो हिउँ जमेका कारण अवरुद्ध सडक खुलाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ।

३० असोज, काठमाडौं । अत्यधिक हिमपातका कारण अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड ३ दिनभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

मन्त्री लम्सालले शुक्रबार सामाजिक सञ्जालमार्फत अवरुद्ध सडक खुलाउन मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको जानकारी दिएका हुन्।

समुद्री सतहबाट करिब ४ हजार ५०० मिटरको उचाइमा रहेको यस सडक खण्डको नाउरपानी क्षेत्रमा बाक्लो हिउँ जमेका कारण यातायात अवरुद्ध छ। हाल उक्त क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी हिउँ पन्छाउने काम धमाधम भइरहेको मन्त्री लम्सालले जानकारी दिए ।

रोजगारीका लागि हिल्सा नाका हुँदै उत्तरतर्फ चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकहरूलाई चाडपर्वको समयमा स्वदेश तथा घर फर्कन सहज होस् भन्ने उद्देश्यले सडक खुलाउने कामलाई उच्च प्राथमिकता दिइएको मन्त्री लम्सालले उल्लेख गरेका छन्।

तीन दिनभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ टोली खटिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?