+

फागुन १ गतेदेखि नेपाल फुटबल लिग गर्ने घोषणा

२०८३ असोज  ३० गते १६:३४ २०८३ असोज ३० गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलो संस्करणको नेपाल फुटबल लिग फागुन १ गतेदेखि सुरु हुने घोषणा शुक्रबार पत्रकार सम्मेलनमार्फत गरिएको छ ।
  • एनएफएलका प्रमुख कल्याण गुरुङले नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित लिग अघि सारिएको बताए ।
  • लिगमा ललितपुर सिटी एफसीसहित ७ टोली खेल्ने निश्चित भएको छ, र प्रतियोगिता होम एन्ड अवेका आधारमा करिब ४ महिना चल्नेछ ।

३० असोज, काठमाडौं । आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो ।

नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए ।

लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने गुरुङको विश्वास छ ।

ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी ७ टोली खेल्ने निश्चित भएको छ । त्यसमा केही टोली थप गर्ने योजना आयोजकको छ ।

लिग होम एन्ड अवेका आधारमा हुनेछ । लिग करिब ४ महिला सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाल फुटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय