+
+
Shares

पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा अनियन्त्रित कार दुर्घटना हुँदा चालक २४ वर्षीय विकल साहको मृत्यु भएको छ ।
  • महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ जाँदै गरेको बीआर ०६ बी एक्स ०४३५ नम्बरको कार शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो ।
  • दुर्घटनामा घाइते भएका कारका अन्य २ जनाको जानकी एकेडेमी हस्पिटल प्रालि महोत्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी हस्पिटल प्रालि महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?