+
+
Shares

स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ८:३५

३१ असोज, स्याङ्जा । स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।

उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार परियार बिहीबार साँझ दाजुको घरबाट कसैलाई नसोधी निस्किएका थिए । उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल स्याङ्जा पठाएको अवस्थीले जानकारी दिए ।

घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?