३१ असोज, काठमाडौं । भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का नेता अभिजीत दीपके पक्राउ परेको दाबी गरिएको छ । उनलाई दिल्ली प्रहरीले शुक्रबार तिरंगा मार्चका क्रममा नियन्त्रणमा लिएको हो ।
सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपके पक्राउ परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन् । सिंहका अनुसार दीपकेलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन । वकिलहरूलाई समेत उनीसँग भेट्न अनुमति नदिइएको सिंहको दाबी छ ।
समाचार संस्था बार एन्ड बेन्चका अनुसार दिल्ली प्रहरीले दीपकेलाई भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत नियन्त्रणमा लिएको जनाएको छ ।
पछिल्लो छ दिनमा दीपके दोस्रोपटक पक्राउ परेका हुन् । यसअघि अक्टोबर १० मा जन्तरमन्तरमा हुन लागेको प्रदर्शनअघि उनलाई विमानबाटै नियन्त्रणमा लिइएको थियो । तर, भोलिपल्ट उनलाई रिहा गरिएको थियो ।
यसैबीच, सीजेपीसँग आबद्ध आशुतोष रांका र सौरभ दास भने तिहाड जेलमा न्यायिक हिरासतमा छन् । दिल्लीको विशेष अदालतले अक्टोबर १३ मा उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो ।
उनीहरूलाई सोही दिन बिहान जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया 4