+
+
Shares

अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ? 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीएमसीले मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा बिना अनुमति गरिएको भित्री निर्माण भत्काएको छ।
  • बंगलाभित्र सिपोरेक्स ब्लक प्रयोग गरेर पर्खाल, झ्याल र संरचनात्मक भागमा परिवर्तन गरिँदै थियो।
  • देवगन परिवारले १० अगस्ट २०२६ मा बंगला ५ वर्षका लागि सैलून कम्पनीलाई १० करोड ६१ लाख रुपैयाँमा लिजमा दिएका थिए।

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ । उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ ।

उनको बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले कारबाही गर्दै भित्री भागमा गरिएको अनधिकृत निर्माणलाई बुलडोजरले भत्काएको छ । यो कारबाही  बंगलामा बिना अनुमति गरिएका परिवर्तन र निर्माण कार्यका कारण गरिएको हो ।

बंगलाभित्र आवश्यक स्वीकृतिबिना सिपोरेक्स ब्लक प्रयोग गरेर पर्खाल, झ्याल र अन्य संरचनात्मक भागहरूमा परिवर्तन गरिँदै थियो । यस सम्बन्धमा बीएमसीको बिल्डिङ प्रपोजल विभागले मुम्बई महानगरपालिका  अन्तर्गत १० सेप्टेम्बर २०२६ मा काम रोक्न नोटिस दिएको थियो । देवगन परिवारले जवाफ दिन चार हप्ताको समय मागेका थिए, तर तोकिएको समय सकिएपछि पनि कुनै कागजात वा जवाफ पेश गरिएन र काम चुपचाप जारी रह्यो । अन्ततः, बिना अनुमति भइरहेको यस निर्माणमा बीएमसीको टोली  पुगेर कारबाही गर्‍यो।

यो पूरा विवाद बंगलाको व्यावसायिक प्रयोगलाई लिएर सुरु भएको थियो । १० अगस्ट २०२६ मा देवगन परिवारले यो बंगला ‘फ्लोरियन हुरेल सैलून प्राइभेट लिमिटेड’ लाई ५ वर्षका लागि लिजमा दिएका थिए । यो सम्झौता भारु १० करोड ६१ लाख रुपैयाँमा भएको थियो, जसको सुरुको मासिक भाडा भारु १६ लाख रुपैयाँ तय गरिएको थियो । बंगलामा व्यावसायिक सैलून र स्पा खोल्ने योजना थियो, जसको कपोल सोसाइटीका बासिन्दाहरूले लगातार विरोध गर्दै आएका थिए । स्थानियको भनाइ थियो कि आवासीय क्षेत्रमा सैलून खुल्दा ट्राफिक, पार्किङ र सुरक्षाका गम्भीर समस्याहरू खडा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?