News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट मैदानमा कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका लागि पिच, ड्रेसिङ रुम, डग–आउट र आउटफिल्ड स्तरोन्नति भइरहेको छ।
- क्यानका अनुसार यसपटक एनपीएलले आईसीसीको स्वीकृति पाएको छ, जसबाट फ्रेन्चाइज टोलीले टेस्ट प्लेइङ राष्ट्रका ठूला खेलाडी ल्याउन सक्नेछन्।
- क्यान सचिव पारख खड्काले सबै टोलीले कम्तीमा दुई स्टार खेलाडी ल्याउने प्रयास भइरहेको र आईसीसी प्यानल कमेन्टेटर ल्याउने तयारी पनि भइरहेको बताए।
३१ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन ९ दिन बाँकी छ । एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा पिच, ड्रेसिङ रुम, खेलाडी डग–आउट, आउटफिल्डसहितका संरचनाको स्तरोन्नति भइरहेको छ ।
यू–१९ महिला विश्वकपका लागि पनि यो मैदान स्तरोन्नति गरिएको छ । क्यानकाअनुसार मैदानमा दर्शकको क्षमता पनि केही मात्रामा बढ्नेछ ।
एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । यसपटक अन्तर्राष्ट्रिय परिषद् (आईसीसी)को स्वीकृति पाएको छ । योसँगै फ्रेन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूला खेलाडी ल्याउन सक्नेछन् ।
सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले जानकारी दिए । उनले एनपीएलका लागि आईसीसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेकोसमेत उल्लेख गरे ।
डिसिजन रिभ्यु सिस्टम (डीआरएस) राख्नेबारे अझै टुङ्गो लागिनसकेको, तथापि नजिक रहेको खड्काले बताए । यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।


भिडियो/फोटो: कमल प्रसाईं
प्रतिक्रिया 4