+
+
Shares

सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?

आज आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ घटेर ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ ।

आजका सुनको भाउ तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने तोलाको २ लाख ९० हजार १ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार १ सय रुपैयाँ तोकिएको छ भने गत शुक्रबार ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?