+
युरोपियन च्याम्पियन्स लिग :

बार्सिलोनामाथि पीएसजीको जित

२०८३ कात्तिक  ४ गते ७:०६ २०८३ कात्तिक ४ गते ७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युईएफए च्याम्पियन्स लिगको लिग चरणमा पीएसजीले घरेलु मैदानमा बार्सिलोनालाई ४–२ ले हराएको छ।
  • पीएसजीका लागि डिजायर डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले गोल गरे।
  • ३ खेलबाट ९ अंक जोडेको पीएसजी शीर्षस्थानमा रहेको छ।

४ कात्तिक, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस च्याम्पियनमाथि ४-२ को जित हासिल गरेको हो ।

पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो। ३८औं मिनेटमा डिजायर डुएले जोआओ नेभेसको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने प्रयास गर्दै ५५औं मिनेटमा जाभी एस्पार्टको गोलमार्फत बराबरी गरेको थियो। तर ७२औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै पीएसजीलाई फेरि अग्रता दिलाए।

७९औं मिनेटमा लामिन यामालले गोल गर्दै बार्सिलोनालाई पुनः बराबरीमा ल्याए पनि पीएसजीले त्यसपछि लगातार दुई गोल गर्‍यो। ८१औं मिनेटमा भिटिन्हा र ८६औं मिनेटमा फाबियन रुइजले गोल गरेपछि पीएसजीले ४–२ को जित पक्का गरेको हो।

यस जितसँगै पीएसजीले च्याम्पियन्स लिगको लिग चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ। ३ खेलबाट ९ अंकसहित पीएसजी शीर्षस्थानमा रहेको छ ।

पीएसजी बार्सिलाेना युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय