News Summary
Generated by OK AI. Editorially reviewed.- फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गर्यो।
- घरेलु मैदानमा सिटीले पहिलो हाफमै इलियट एन्डरसन र फोडेनको गोलबाट २–० को अग्रता बनाएको थियो।
- जितपछि सिटी ३ खेलबाट ६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ, एथेन्स ३ अंकसहित २७औं स्थानमा छ।
४ कात्तिक, काठमाडौं । फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १२औं मिनेटमा इलियट एन्डरसनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३४औं मिनेटमा फोडेनले रिको लुइसको पासमा गोल गरेपछि सिटी २–० ले अघि रह्यो।
दोस्रो हाफको सुरुआतमै एइके एथेन्सले खेलमा फर्कने संकेत देखायो। ५२औं मिनेटमा स्टाभ्रोस पिलियोसले गोल गर्दै अन्तर घटाए। तर सिटीले त्यसको पाँच मिनेटपछि नै अग्रता बढायो। ५७औं मिनेटमा फोडेनको पासमा रायन चेर्कीले गोल गरे।
फोडेनले ६५औं मिनेटमा लुइसकै पासमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि ७६औं मिनेटमा नजिकबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनसँगै सिटीले ५–१ को फराकिलो जित निकालेको हो।
गत साता पेरिस सेन्ट जर्मेनसँग घरेलु मैदानमा ४–२ ले पराजित भएको सिटीले यस जितसँगै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ।
जितपछि सिटी ३ खेलबाट ६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एथेन्स भने ३ अंकसहित २७औं स्थानमा छ ।
प्रतिक्रिया 4