News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले श्रीलंकाविरुद्ध ११४ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक पूरा गर्दै कीर्तिमान बनाए।
- ब्रुकले भारतका शुभमन गिलको ११७ बलको कीर्तिमान तोड्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाएका छन्।
- ब्रुकले २०२ रन बनाएपछि इंग्ल्यान्डले रावलपिन्डीमा ५० ओभरमा चार विकेट गुमाएर ४२९ रन बनाएको छ।
५ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी दोहोरो शतक बनाएका छन्।
उनले पाकिस्तानमा जारी त्रिकोणात्मक शृङ्खला अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ११४ बलमा दोहोरो शतक पूरा गरेका हुन्।
ब्रुक एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने ब्याटर बनेका छन्। उनले भारतका शुभमन गिलको ११७ बलमा दोहोरो शतक पूरा गर्ने कीर्तिमान तोडेका हुन्।
उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो इंग्लिस ब्याटरसमेत बनेका छन्।
ब्रुकले इनिङ्सको अन्तिम बलमा आउट हुनुअघि २०२ रन बनाए। उनको आक्रामक ब्याटिङमा इंग्ल्यान्डले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ४२९ रन बनाएको छ।
इंग्ल्यान्डका जो रुटले ६९, विल ज्याक्सले अविजित ६६ र टम ब्यान्टनले ५० रन बनाए। रावलपिन्डीमा जारी त्रिकोणात्मक शृङ्खलामा इंग्ल्यान्ड र श्रीलंकासँगै पाकिस्तान पनि सहभागी छ।
प्रतिक्रिया 4