News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन् ।
- कृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय स्पोर्ट्सका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।
- एनपीएलको तेस्रो संस्करण ९ कात्तिकदेखि ५ मंसिरसम्म हुनेछ र कार्यक्रममा केभिन ओ ब्रायन तथा शोएब अख्तर विशेषज्ञ विश्लेषक हुनेछन् ।
७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन् ।
कृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय स्पोर्ट्सका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।
खेल प्रस्तोता तथा कमेन्टेटर कृष्णले यसअघि स्टार स्पोर्ट्समा आईसीसी पुरुष टी–२० विश्वकपसहित विभिन्न क्रिकेट कार्यक्रम सञ्चालन गरिसकेका छन् । उनी रोयल च्यालेन्जर्स बेंगलुरुको ‘ट्वेल्थ म्यान टीभी’ का पूर्वप्रस्तोता पनि हुन् ।
उनले आफ्नो प्रसारण करियरको सुरुवाती चरणमा नेपालको एभरेस्ट प्रिमियर लिगमा कमेन्ट्री गरेका थिए । एनपीएलको तेस्रो संस्करणसँगै कृष्ण पुनः नेपाली क्रिकेटसँग जोडिन लागेका हुन् ।
‘रेड बुल क्रिकेट लाइभ’ मा कृष्णले क्रिकेटका चर्चित व्यक्तित्वहरू सम्मिलित विज्ञ प्यानलसँग संवाद गर्नेछन् । कार्यक्रममा खेलअघि टोलीको तयारी, रणनीति र खेलको सम्भावनाबारे चर्चा हुनेछ भने खेलपछि प्रदर्शन तथा प्रमुख घटनाक्रमको समीक्षा गरिने छ ।
‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ एनपीएलका खेलअघि र खेलपछि हिमालय स्पोर्ट्समा प्रसारण हुनेछ।
एनपीएलको तेस्रो संस्करण ९ कात्तिकदेखि ५ मंसिरसम्म हुँदैछ । रेड बुल क्रिकेट लाइभमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन र पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर पनि विशेषज्ञ विश्लेषकका रूपमा सहभागी हुनेछन् ।
तस्वीरहरू : कमल प्रसाईं

प्रतिक्रिया 4