+
पब्जी मोबाइल ग्लोबल ओपन :

पीएमजीओ फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्स शीर्ष स्थानमा

२०८३ कात्तिक  ७ गते २१:४७ २०८३ कात्तिक ७ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पब्जी मोबाइल ग्लोबल ओपन फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स ५७ अंकसहित शीर्ष स्थानमा पुगेको छ।
  • प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ खेल हुनेछन् र ६७ अंकको थ्रेसहोल्ड पार गर्ने टोलीले त्यसपछि चिकेन डिनर जिते उपाधि जित्नेछ।
  • होराभन्दा पछाडि यूएलएफ ५३, अल्टर इगो ४८, एकेजी ४४ र मङ्गोल्ज ४१ अंकमा छन्।

७ कात्तिक, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स शीर्ष स्थानमा रहेको छ। होराले ६ खेलमा एक चिकेन डिनरसहित ५७ अंक जोडेको छ।

प्रतियोगिताको अन्तिम दिन आइतबार बाँकी ६ (आवश्यक परेमा ७) खेल हुनेछन्। होराले पहिलो दिन शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

होराको ५७ अंकसँगै स्म्याश रुल लागू हुन आवश्यक थ्रेसहोल्ड ६७ अंक पुगेको छ। अन्तिम दिन कुनै टोलीले ६७ अंकको थ्रेसहोल्ड पार गरेपछि त्यसपछिको कुनै खेलमा चिकेन डिनर जितेमा प्रतियोगिताको विजेता बन्नेछ। त्यसपछि प्रतियोगिता समाप्त हुनेछ।

होराले आइतबार पहिलो खेलमै कम्तीमा १० अंक जोडेर ६७ अंकको थ्रेसहोल्ड पार गर्न सकेमा त्यसपछिको अर्को खेलमा चिकेन डिनर जित्दै उपाधि जित्ने अवसर पाउनेछ।

थ्रेसहोल्ड पार गरेपछि चिकेन डिनर जित्ने टोलीले नै उपाधि जित्ने भएकाले अन्तिम दिनको खेल निर्णायक हुनेछ।

होराभन्दा पछाडि यूएलएफको ५३ अंक छ भने अल्टर इगोको ४८ अंक छ । एकेजीको ४४ अंक छ भने मङ्गोल्जको ४१ अंक छ ।

पब्जी मोबाइल ग्लोबल ओपन होरा ईस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय