+
+
Shares

जग्गा कित्ताकाट खुलाउन चितवनका व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्री रावलको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटको अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन्।
  • नारायणी जग्गा तथा आवास व्यवसायी संघले मन्त्री प्रतिभा रावलसँग सौराहामा भेटेर कित्ताकाटसम्बन्धी नीतिगत अन्योल, लाभकर र राजस्व पुनरावलोकन गर्न आग्रह गरेको छ।
  • मन्त्री रावलले भूउपयोग नीति स्पष्ट गर्दै जग्गा कारोबारका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र छिट्टै सहजीकरण गर्ने बताएकी छन्।

१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले कित्ताकाटमा देखिएका अवरोध हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन् ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी जग्गा कारोबारसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको हो ।

मन्त्री रावल हाल चितवनका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी छन् । सोही क्रममा जग्गा तथा आवास व्यवसायीले मन्त्री रावललाई भेटेर जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन, भूउपयोग नीति स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न माग गरेका हुन् ।

संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबारबाट सरकारले राजस्व प्राप्त गर्ने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताएका थिए ।

जवाफमा मन्त्री रावलले भूउपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी थिइन् । जग्गा कित्ताकाट खुलाउने विषयमा आवश्यक सहजीकरण छिट्टै गर्ने आश्वासन दिएको व्यवसायीले जनाएका छन् ।

भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?