+
+
Shares

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

चितवनका यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् । टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
  • विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेका हुन् भने चितवनका कप्तान रवि बोपाराले पहिले ब्याटिङ गर्नेछन्।
  • दुवै टोलीले जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेका छन्।

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् ।

टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?