+
+
Shares

कामना सेवा बैंकको डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो र सहज सेवा दिन एआईमा आधारित केएस मित्र सार्वजनिक गरेको छ ।
  • ग्राहकले आस्क मित्र, इमेल र वाट्सएपमार्फत खातासम्बन्धी सोधपुछ, गुनासो र सेवा अनुरोध गर्न सक्ने बैंकले जनाएको छ ।
  • केएस मित्रमार्फत शाखा, ब्याजदर, मौज्दात, कारोबार विवरण, ऋण, केवाईसी र मोबाइल बैंकिङसम्बन्धी जानकारी तथा सेवा प्राप्त हुनेछ ।

१० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली केएस मित्र सार्वजनिक गरेको छ ।

ग्राहकले बैंकको आधिकारिकमा उपलब्ध आस्क मित्र आइकन मार्फत वा इमेल ksmitra@kamanasewabank.com मार्फत वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्ने बैंकले जनाएको छ ।

केएस मित्रमार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट, केवाईसीलगायतका जानकारी पनि लिन सक्नेछन् ।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि प्रदान हुनेछ ।

‘यदि ग्राहकले यसमार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ, जसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ’ बैंकले भनेको छ ।

यो सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत केएस मित्र सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?