News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदको दुरुपयोगको आरोपपछि मंगलबार राजीनामा दिएका छन्।
- उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्।
- अतिरिक्त भत्ता बुझेको र अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विवादपछि आयोगको निष्पक्षतामाथि प्रश्न उठेको थियो।
१० कात्तिक,विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको, अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।
आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध भएपछि उनी नैतिक संकटमा परेका थिए ।
प्रतिक्रिया 4