+
+
Shares

अवैध लागूऔषध सहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर, बाँके र धनुषामा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बाट ४२ किलो ४ सय १० ग्राम गाँजासहित बिर्जु कुमार राय र मन्जय कुमार राय पक्राउ परेका छन्।
  • बाँकेको बैजनाथ गाउँपालिका–५ बाट ३ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुखराम थारू पक्राउ परेका छन्।
  • धनुषाको शहिदनगर नगरपालिका–१ बाट करिब २ किलो ४ सय ७० मिलिग्राम गाँजासहित प्रमिला देवी मण्डल पक्राउ परेकी छन्।

१० कात्तिक, काठमाडौं । देशका विभिन्न ठाउँमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।

मकवानपुर, बाँके र धनुषामा गरेर ४ जना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु  कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, धनुषाको शहिदनगर नगरपालिका–१ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाहरूबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?