+
+
Shares

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेका ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको छ ।
  • मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

११ कात्तिक, काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?