+
+
Shares

ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १५:०१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् ।

‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा पुगेको वा नेतान्याहुले नै जित्न सक्ने अवस्था देखिएको छ ।’

इजरायलको आमनिर्वाचनमा मंगलबार मतदान समाप्त हुँदासम्म ७७.७ प्रतिशत मतदान भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार सन् १९९९ यताकै यो समयसम्मको सबैभन्दा उच्च मतदान प्रतिशत हो ।

दुईवटा एक्जिट पोलले गादी आइजेनकोटको गठबन्धनले बेन्जामिन नेतान्याहुको गठबन्धनलाई कडा चुनौती दिइरहेको देखाएका थिए ।

यद्यपि, तेस्रो एक्जिट पोलले प्रधानमन्त्री नेतान्याहुको पार्टीले झिनो अग्रता लिएको दाबी गरेको थियो ।

पछिल्लो चुनावी रुझानले नेतान्याहुको पार्टी सबैभन्दा ठूलो दलका रूपमा उदाउन सक्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?