+
+
Shares

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि

स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ कात्तिक ११ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले स्थानीय तहका जनप्रतिनिधि छनोटका लागि खुला गरेको आवेदनमा प्रमुख र अध्यक्ष पदमा बढी आकर्षण देखिएको छ ।
  • महामन्त्री विपिन आचार्यले समयसीमा नतोकिने भएकाले केही स्थानमा सदस्य पदका आवेदन कम परेको बताउनुभयो ।
  • रास्वपाले प्रारम्भिक निर्वाचन, राजनीतिक निकटता, नेतृत्व एकेडेमी र समावेशिताका आधारमा उम्मेदवार छनोट गर्ने विधि बनाएको छ ।

११ कात्तिक, काठमाडौं । रास्वपाले स्थानीय तहका जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि खुला गरेको आवेदनमा मुख्य गरी प्रमुख पदमा आर्कषण देखिएको छ ।

रास्वपाले १ भदौदेखि गाउँपालिका र २९ असोजदेखि नगरपालिकाका उम्मेदवार हुन इच्छुकका लागि आवेदन खुला गरेको थियो । क्यान्डिडेट क्लबमा दर्ता गर्न समय सीमा भने तोकिएको छैन ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष नगरपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष १, वडा सदस्य खुला २, महिला वडा सदस्य १ र दलित महिला वडा सदस्य १ का लागि आकांक्षीहरूलाई आवेदन पेस गर्न आह्वान गरिएको छ ।

सात पदमध्ये कार्यकर्ताको प्राथमिकतामा पालिका प्रमुख र अध्यक्ष पद परेको छ । प्राप्त आवेदनका आधारमा पदीय भूमिकाअनुसार कार्यकर्ताले कम प्राथमिकतामा राखेर अन्य पदहरू उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्षमा आवेदन दिएका छन् । नेताहरूका अनुसार वडा सदस्यदमा कार्यकर्ताको रुचि देखिएको छैन ।

रास्वपा नेताहरूका अनुसार पालिका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको तुलनामा वडाध्यक्ष र सदस्यका आकांक्षीको आवेदन कम परेको छ ।

रास्वपा महामन्त्री विपिन आचार्यले स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकका लागि उत्साहजनक आवेदन परेको बताए । उनका अनुसार कतिपय पालिकामा सदस्यको उम्मेदवार हुन आवश्यकताभन्दा कम आवेदन परेको छ ।

‘उम्मेदवार हुन इच्छुकका लागि हामीले समयसीमा तोकेका छैनौं,’ आचार्यले अनलाइनखबरसँग भने, ‘समय निर्धारण नगरिएको हुँदा पनि केही स्थानमा सदस्यको उम्मेदवार कमी परेको हुनसक्छ । तिहार पछिसम्म पनि आवेदन पेस गर्न सकिने हुँदा अहिले यकिन गरेर भन्न सकिँदैन ।’

उम्मेदवार छनोट समितिको बिहीबार बस्ने बैठकले आवेदनको समयसीमा लगायतमा थप निर्णय लिने महामन्त्री आचार्यले जानकारी दिए ।

सात पदमध्ये कार्यकर्ताको प्राथमिकतामा पालिका प्रमुख र अध्यक्ष पद परेको छ । प्राप्त आवेदनका आधारमा पदीय भूमिकाअनुसार कार्यकर्ताले कम प्राथमिकतामा राखेर अन्य पदहरू उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्षमा आवेदन दिएका छन् ।

रास्वपाले हालसम्म गाउँपालिका र नगरपालिकामा उम्मेदवारका आकांक्षीलाई आवेदन खुला गरे पनि उपमहानगर र महानगरका लागि भने आवेदन माग गरिएको छैन ।

हालसम्म ४६० गाउँपालिका र २७६ नगरपालिकाको जनप्रतिनिधि हुन इच्छा राख्नेहरूका लागि आवेदन खुला गरिएको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलले कार्यकारी पदमा देखिएको आर्कषणको तुलनामा सदस्यमा आवेदन कम परेको जानकारी दिए । ‘सदस्य पदमा आवेदन कम परेको छ । प्रमुख पदमा बढी आवेदन परेको छ,’ प्रवक्ता खरेलले अनलाइनखबरसँग भने ।

गण्डकीका रास्वपा सभापति नवीन त्रिपाठीको भनाइ पनि महामन्त्री आचार्य र प्रवक्ता खरेलको जस्तै छ । गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङका गाउँपालिकामा जनप्रतिनिधि हुनका लागि हालसम्म आवेदन नपरेको उनले बताए ।

त्रिपाठीका अनुसार गण्डकीका ५८ गाउँपालिकामा हालसम्म २०६ जनाले अध्यक्ष पदका लागि उम्मेदवार हुनका लागि आवेदन दिएका छन् । स्थानीय सरकारको नेतृत्व गर्ने अध्यक्ष पदमा आवेदन दिनेहरूको होड रहे पनि अन्य पदलाई पार्टी सदस्यले कम प्राथमिकता दिएको उनले सुनाए ।

पहिलो पटक स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न लागेको रास्वपाले उम्मेदवार छनोटका लागि विधि बनाएको छ । महामन्त्री आचार्यको नेतृत्वमा बनेको समितिले निर्वाचन प्रणाली र उम्मेदवार छनोटको आधारभूत प्रारूप तयार गरेको छ ।

पार्टीको तल्लो तहबाट नै लोकतान्त्रिक, सहभागितामूलक र प्रतिस्पर्धात्मक अभ्यासलाई बलियो बनाउने उद्देश्यले उम्मेदवार छनोटमा नयाँ विधि बनाइएको रास्वपाले जनाएको छ ।

संघीय संसद्‌मा उम्मेदवार बनेर पराजित भएका एवं समानुपातिकको बन्द सूचीमा रहेकालाई स्थानीय तहको उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।

रास्वपाबाट स्थानीय तहको चुनावमा उम्मेदवार हुनका लागि सदस्यताको मापदण्ड पनि तोकिएको छ । विगतमा अन्य दलको सदस्य नरहेको र पहिलो पटक रास्वपाको सदस्यता लिएको ४५ दिन पुगेको व्यक्तिले उम्मेदवार हुन आवेदन दिन सक्ने छन् । अन्य राजनीतिक दल परित्याग गरेकाहरूको हकमा सदस्यता प्राप्त गरेको ९० दिन पूरा गरेपछि मात्रै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

भाराङ्कको आधारमा प्रारम्भिक निर्वाचनलाई ४०, पोलिटिकल प्रोक्सिमिटीलाई २५, लिडरसिप एकेडेमीलाई २५ र समावेशितालाई १० प्रतिशत तोकिएको छ ।

समाजका प्रतिष्ठित व्यक्ति, विज्ञ, स्वच्छ छवि भएका व्यक्तिलाई छुट्टै मापदण्ड तोकिएको छ । उनीहरूको हकमा पार्टी सदस्यता लिए लगत्तै ल्याट्ररल इन्ट्रीको व्यवस्थाअनुसार सदस्यता लिएको समयसीमा तोकिएको छैन ।

स्थानीय तहका उम्मेदवार छनोटका लागि चार मापदण्ड रास्वपाले बनाएको छ । लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनको आधारमा उम्मेदवार छनोट हुने छन् । चार मापदण्डलाई पनि फरकफरक भाराङ्कसहित विभाजन गरिएको छ ।

भाराङ्कको आधारमा प्रारम्भिक निर्वाचनलाई ४०, पोलिटिकल प्रोक्सिमिटीलाई २५, लिडरसिप एकेडेमीलाई २५ र समावेशितालाई १० प्रतिशत तोकिएको छ ।

स्थानीय तहको प्रारम्भिक निर्वाचनमा सम्बन्धित पालिकाका सदस्यले आकांक्षीहरूमध्ये कसैलाई पनि ‘मत दिन्नँ’ भन्ने विकल्प पनि राखिएको छ ।

‘यो विकल्पले मतदातालाई कुनै पनि उम्मेदवार मन नपरेको अवस्थामा कसैलाई पनि मतदान नगर्ने अधिकार सुनिश्चित गर्नेछ,’ रास्वपाले भनेको छ, ‘यदि कसैलाई पनि मद दिन्नँ भन्ने विकल्पले सबैभन्दा बढी मत पायो भने अन्य सबै उम्मेदवारहरूको उम्मेदवारी स्वतः खारेज हुनेछ र त्यस तहमा उक्त पदको लागि नयाँ उम्मेदवारहरूको छनोट गरी पुनः मतदान गरिने छ ।’

समाजका प्रतिष्ठित व्यक्ति, विज्ञ, स्वच्छ छवि भएका व्यक्तिलाई छुट्टै मापदण्ड तोकिएको छ । उनीहरूको हकमा पार्टी सदस्यता लिए लगत्तै ल्याट्ररल इन्ट्रीको व्यवस्थाअनुसार सदस्यता लिएको समयसीमा तोकिएको छैन ।

स्थानीय तहका उम्मेदवार छनोट गर्न बनाइएको यो विधिले पार्टी भित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुने रास्वपाले दाबी गरेको छ । निर्वाचनमा पार्टीको प्रतिस्पर्धात्मक क्षमता बढ्ने र जनविश्वास थप वृद्धि हुने अपेक्षा रास्वपाले गरेको छ ।

निर्वाचनको मुखमा उम्मेदवार घोषणा हुने, बन्द कोठा र सानो घेराबाट निर्णय लिने प्रवृत्तिलाई हटाउने गरी विधि बनाइएको रास्वपाको दाबी छ ।

‘शक्ति सन्तुलनको अनुचित खेल हुने, नाता-सम्बन्ध, पहुँच, चाकडी, गुटगत प्रभाव, आर्थिक हैसियत तथा पैसा र बाहुबल (मनी/मसल) को डरलाग्दो प्रभाव पर्ने प्रवृत्तिले उम्मेदवार छनोटमा नागरिकको मन जित्नेहरू होइन, शक्ति केन्द्रलाई रिझाउनेहरू हावी भएको तितो यथार्थ हामी सामु छ,’ उम्मेदवार छनोटमा नयाँ विधि बनाउनुको स्पष्टीकरण दिँदै रास्वपाले भनेको छ, ‘स्थानीय तहको निर्वाचन पनि यसबाट अछुतो रहन सकेन । परिणामस्वरूप, स्थानीय तहले सही अर्थमा सरकारको अनुभूति दिन सकेन भने धेरै पालिकाहरूले आफ्नो सम्भावनालाई यथार्थमा बदल्न चुके ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?