१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत कर्णाली याक्स र विराटनगर किंग्सबीचको रोमाञ्चक खेल सकिएपछि त्रिवि क्रिकेट मैदान त्रिपालले कभर गरिएको छ ।
सम्भावित वर्षाबाट मैदान भिज्न नदिन पूरै मैदान कभर गरिएको छ । यसअघि बिहीबार साँझ कर्णाली र विराटनगरबीचको खेल अगाडिदेखि नै त्रिवि क्रिकेट मैदानमा सिमसिम वर्षा सुरु भएको थियो । भलैवर्षाको आकार ठूलो थिएन ।

खेल अवधिमा पनि सिमसिम वर्षा भइरहेपनि खेल भने प्रभावित भएन ।
बंगालको खाडीबाट सुरु भएको अर्नब चक्रवातको प्रभावले आजदेखि नेपालका अधिकांश ठाउँमा मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनसम्म नेपालमा मौसमको प्रभाव रहनेछ ।
एनपीएल अन्तर्गत शुक्रबार भने कुनै खेल छैनन् ।












प्रतिक्रिया 4