+
+
Shares

एआईको प्रभावले गुगलको बजार मूल्यमा ५०० अर्ब डलरभन्दा बढीको गिरावट

एआईले गुगलको मुख्य व्यवसाय सर्चमै चुनौती  

एआईसम्बन्धी चिन्ताले वालस्ट्रिटमा हलचल पैदा भएको छ । गुगलको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ र सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको छ।
  • कम्पनीले एआईसहितको सर्च सारांशले विज्ञापन आम्दानीमा असर पारेको खुलाएपछि वालस्ट्रिटका लगानीकर्ता चिन्तित बनेका छन्।
  • गत वर्षको सोही अवधिको तुलनामा अल्फाबेटको कुल आम्दानी २५ प्रतिशत बढेर १२७ अर्ब ६० करोड डलर पुगे पनि नाफा २५ प्रतिशतले घटेको छ।

१३ कात्तिक, काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ ।

कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो ।

गुगलको सर्च इन्जिनमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार गरिने सारांशले विज्ञापनबाट हुने आम्दानीमा असर पारिरहेको कम्पनीले खुलासा गरेपछि लगानीकर्ता चिन्तित बनेका हुन् ।

यसै साता माइक्रोसफ्ट र अमेजनले पनि आफ्नो व्यावसायिक प्रगतिको विवरण सार्वजनिक गरेका थिए । यी तीनवटै प्रविधि कम्पनीले एआईको प्रतिस्पर्धामा ठूलो रकम लगानी गर्ने योजना अघि सारेका छन् ।

तर, एआईमा भइरहेको ठूलो लगानीले कम्पनीहरूको मूल व्यवसायको वृद्धि र आम्दानी क्षमतामा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयले लगानीकर्तालाई चिन्तित बनाएको देखिन्छ ।

एआईले गुगलको मुख्य व्यवसाय सर्चमै चुनौती  

पहिलो नजरमा अल्फाबेटको त्रैमासिक वित्तीय नतिजा कमजोर देखिँदैन । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल आम्दानी २५ प्रतिशतले बढेर १२७ अर्ब ६० करोड डलर पुगेको छ ।

गुगल क्लाउड व्यवसायको विस्तारले आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान दिएको छ । उक्त व्यवसायको आम्दानी १०३ प्रतिशतले बढेर करिब ३१ अर्ब डलर पुगेको कम्पनीले जनाएको छ ।

तर, आम्दानी बढे पनि कम्पनीको नाफामा भने उल्लेख्य गिरावट आएको छ । समीक्षाधीन त्रैमासिक अवधिमा अल्फाबेटको नाफा २५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सार्वजनिक कम्पनी बनेयता दोस्रोपटक अल्फाबेटले ऋणात्मक स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) देखाएको छ । यसपटक कम्पनीको स्वतन्त्र नगद प्रवाह ९ अर्ब डलरभन्दा बढी ऋणात्मक भएको छ ।

यो रकम तीन महिनाअघिको तुलनामा झन्डै दोब्बर हो ।

एआई प्रविधिमा तीव्र लगानी र गुगलको मुख्य आम्दानीको स्रोत मानिने सर्च व्यवसायमै त्यसको प्रभाव देखिन थालेपछि कम्पनीको भविष्यको आम्दानी क्षमताबारे लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?