+
+
Shares

अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी डलर देखाई सस्तो दरमा साटिदिने प्रलोभनमा पारी ५ लाख रूपैयाँ ठगी गरेको आरोपमा मोहनबहादुर तामाङ पक्राउ परेका छन् ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलबाट पक्राउ गरेको हो ।
  • प्रारम्भिक अनुसन्धानमा उनी र उनका साथीहरूले उपत्यका भित्र र बाहिर एकान्त ठाउँमा बोलाई लुटपाट र ठगी गर्ने गरेको खुलेको छ ।

१३ कात्तिक, काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तो दरमा साटिदिने भनि प्रलोभनमा पारी ठगी गरेको आरोप छ ।

गत २३ चैतमा पीडितबाट ५ लाख रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोहन तथा उनका साथीहरू मिलि काठमाडौं उपत्यका तथा उपत्यका वाहिर समेत गई मानिसहरूलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी एकान्त ठाँउमा बोलाई लुटपाट तथा ठगी गरेको खुलल् आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?