+
+
Shares

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेभलपमेन्ट बैंकर्स एसोसिएसनको २१ औँ वार्षिक साधारणसभाले कामना सेवा विकास बैंकका सीईओ दिनेश थकालीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।
  • साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ।
  • साधारणसभाले उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरू पनि सर्वसम्मत चयन गर्दै विकास बैंकको नेतृत्व संरचना पुनर्गठन गरेको छ।

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा रहेका थकालीलाई २१ औँ वार्षिक साधारणसभाले अध्यक्षमा चयन गरेको हो ।

एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले अध्यक्ष चयनसँगै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । थकालीले वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

साधारणसभाले अध्यक्ष दिनेश थकालीसहित उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, ज्योति विकास बैंकका सीईओ कपिल ढकाल, कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रविन सिँजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं चयन भएका छन् ।

नयाँ अध्यक्ष दिनेश थकालीले एसोसिएसनले अघि बढाउँदै आएका विभिन्न पहल तथा विषयहरूलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूमा एसोसिएसनले काम गर्ने बताए । सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर र असुली सुधार तथा सदस्य बैंकहरूबीच ज्ञान र असल अभ्यासको आदानप्रदानमा जोड दिनुपर्ने उनले बताए ।

हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन् । विकास बैंकहरूले २०८३ साल असार मसान्तसम्म एक हजार एक सय १२ शाखा र ३ सय ३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरूको साझा हित तथा बैंकिङ क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियामक निकाय तथा सम्बन्धित संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?