+
+
Shares

डीएनए खबरका पत्रकार धिरज बस्नेत पनि प्रहरी नियन्त्रणमा

पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले शुक्रबार दिउँसो डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका शोबराज बराललाई पनि नियन्त्रणमा लिएको छ।
  • नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई लिन प्रहरी टोली पुगेको छ भने दियो पोस्टमा सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्दै प्रहरी गएको छ।

१३ कात्तिक, काठमाडौं । पत्रकार धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएनए खबरका प्रधानसम्पादक बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

‘आज दिउँसो तपाईंको इसेवा स्क्याम भएको छ भनेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन आयो,’ त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘उहाँ त्यहाँ जानु भयो तर अहिले साँझ त तपाईं आझ यहीँ बस्नुपर्ने भयो भनेर भनेको छ।’

प्रहरीले आज नेपाल प्रेसका पत्रकारका विश्वमणि सुवेदीलाई पनि नियन्त्रणका लिइसकेको छ। समाचारका विषयमा कुराकानी गर्नुपर्नेछ भन्दै सुवेदीलाई प्रहरीले लगेको नेपाल प्रेसले जानकारी दिएको छ।

त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै प्रहरीको टोली बसिरहेको छ। मोटिभेट न्युजका शोबराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै दियो पोस्ट अनलाइनको कार्यालयमा पनि त्यहाँका पत्रकार सुदीप विश्वकर्मा र मदन ढुंगानालाई खोज्दै प्रहरी पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?