१३ कात्तिक, काठमाडौं । जेनजी अगुवा रक्षा बमले पत्रकारहरू पक्राउको विरोध गरेकी छन् । उनले पत्रकारहरू पक्राउको विषयमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएकी छन् ।
‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ’, रक्षाले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ ।’
यसको पृष्ठभूमिमा उनले विगतमा मिडिया हाउस अगाडि गाडी तेर्साइएको विषय पनि स्मरण गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने ? वाह, तपाईंहरूको सुशासन !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4