+
+
Shares

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
  • काउन्सिलले पक्राउको कारण, पुर्जी र अदालतको अनुमति नदेखिएको भन्दै सार्वजनिक बिदाअघि गरिएको नियन्त्रणलाई गम्भीर आपत्ति जनाएको छ।
  • समाचार सामग्रीसम्बन्धी विवाद समाधानका लागि प्रेस काउन्सिलकै विधि र प्रक्रियाबाट अघि बढ्न काउन्सिलले सरकार, प्रहरी प्रशासन र सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।

शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारहरूलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ।

‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।

समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?