+
+
Shares

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउ र प्रहरीको कार्यालय उपस्थितिलाई जंगे शैली भन्दै सरकारसँग छानबिन माग गरेका छन्।
  • शुक्रबार दिउँसो नेपाल प्रेसका विश्वमणि सुवेदीसहित तीन पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
  • साँझ ती पत्रकारहरू रिहा भएका छन्।

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् ।

प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् ।

‘पत्रकार विश्वमणी सुवेदी पक्राउ प्रकणर र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरी जत्थाको जंगे शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन ।’

सार्वजनिक बिदाको अगाडि पत्रकार किन पक्राउ गरिएको भनेर पनि उनले प्रश्न उठाएका छन् ।

उनले लखेका छन्, ‘विदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानविनयोग्य छ, म सरकारसंग यो ‘मिडीया धरपकड प्रकरण’ को छानिवनका लागि विशेष माग गर्दछु’

पत्रकार/मिडियाको विषयलाई प्रेस काउन्सीलबाटै निरुपण गर्ने अभ्यास गर्न माग गरेका छन् ।

शुक्रबार दिउँसो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभ न्युजका शोबराज बराल, डीएनए खबरका धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै नयाँ पत्रिका कार्यालय, दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेर विभिन्न पत्रकारलाई समाचारको विषयमा बुझ्नलाई कार्यालयमै लैजान आएको भनेको थियो।

दिउँसो प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरू साँझ रिहा भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?