+
+
Shares

प्रधानमन्त्रीको अहिंसा र भातृत्वको सन्देशले विश्वलाई शान्तिको नयाँ बाटो देखायो : रास्वपा सचेतक परियार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघको ८१ औँ महासभा सम्बोधनले विश्वलाई शान्तिको नयाँ बाटो देखाएको बताए ।
  • परियारले बालेनको अहिंसा र भातृत्वको सन्देशले युद्ध, हतियारको होडबाजी र जनधनको विनाशमाथि प्रहार गरेको उल्लेख गरे ।
  • उनले प्रधानमन्त्रीको सम्बोधनले नेपालको सार्वभौम पहिचान र स्वाभिमानलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याएको भन्दै धन्यवाद दिए ।

९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभालाई सम्बोधन गर्दै विश्वलाई शान्तिको नयाँ बाटो देखाएको बताएका छन् ।

प्रधानमन्त्री बालेनले शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनबारे पत्रकारहरूसँगको ह्वाट्सएप ग्रुपमा प्रतिक्रिया राख्दै सचेतक परियारले यस्तो बताएका हुन् ।

‘संयुक्त राष्ट्र संघको पोडियमबाट प्रधानमन्त्री बालेन शाहज्यूले छर्नुभएको ओजस्वी विचारले विश्व मञ्चमा नेपालको माटो, स्वाभिमान र रैथाने चेतको बुलन्द उपस्थिति गराएको छ’ सचेतक परियारले भनेका छन्, ‘यो केवल एउटा औपचारिक भाषण मात्र थिएन, दशकौँदेखि ओझेलमा पारिएको दक्षिण एसियाली आवाज र उपेक्षित जनसमुदायको खँदिलो हुंकार थियो।’

यहाँनेर सचेतक परियारले प्रधानमन्त्री बालेनले दिएको अहिंसा र भातृत्वको सन्देश स्मरण गरेका हुन् ।

‘विश्वमा बढ्दो युद्ध, हतियारको होडबाजी र जनधनको विनाशमाथि तिखो प्रहार गर्दै प्रधानमन्त्रीज्यूले बुद्धको तपोभूमिबाट दिनुभएको अहिंसा र भातृत्वको सन्देशले विश्वलाई शान्तिको नयाँ बाटो देखाएको छ’ परियार भन्छन्, ‘अस्त्रमा लगानी गर्नुको साटो मानवता, भोकमरी र गरिबी निवारणमा लगानी गर्न उहाँले गर्नुभएको आह्वान समयको माग हो ।’

प्रधानमन्त्री बालेन यो सम्बोधनले प्रत्येक नेपालीको जस्तै आफ्नो पनि छाती गर्वले चौडा बनाएको उनले बताएका छन् ।

असंलग्न परराष्ट्र नीतिको मर्मलाई कायम राख्दै विश्व व्यवस्थामा नेपालको सार्वभौम पहिचान र स्वाभिमानलाई नयाँ उचाइमा पुर्‍याएको भनेर उनले प्रधानमन्त्री बालेनलाई धन्यवाद दिएका छन् ।

अगाडि थप्छन्, ‘अब यस ऐतिहासिक मञ्चमा उठाइएका मुद्दाहरूलाई कूटनीतिक पहलकदमी मार्फत परिणाममा बदल्न सबैको ऐक्यबद्धता आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?