+
+
Shares

गणेश नेपालीलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रकाशचन्द्र परियारले सम्झिए भूपी शेरचनको कविता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार निधन भएको छ ।
  • राहदानी विभागअगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए ।
  • प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले घटनाको उच्चस्तरीय छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

२६ असार, काठमाडौं । गणेश नेपालीलाई श्रद्धान्जली दिँदै गर्दा संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले भूपी शेरचनको कविता सम्झिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गणेश नेपालीको निधनप्रति सदन स्तब्ध रहेको बताए । नेपालीप्रति हार्दिक समवेदन प्रकट गर्दै उनले भने, ‘यही सन्दर्भमा कवि भूपी शेरचनलाई सम्झन चाहन्छु ।’

सचेतक परियारले भूपी शेरचनको कविता पनि सुनाए, ‘मरेर शहीद हुनेहरू हो, जिएर त हेर । जिउन झन गाह्रो छ ।’

गणेश नेपालीको निधनको घटनाका राज्यले उच्चस्तरीय छानबिन गर्नुपर्ने उनको माग छ । उनले भनेका छन्, ‘र परिवारको लागि क्षतिपुर्ति, राहत, परिपुरण र भरणपोषणमा राज्यले उदार छाति देखाओस् ।’

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?