+
+
Shares

प्रचण्डजीले भनेजस्तो भुइँमा न भाँडोमा हुने छुट हामीलाई छैन : रास्वपा नेता परियार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १९:२७

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले भुइँ र भाँडोमा हुने छुट आफ्नो पार्टी र नेताकार्यकर्तालाई नरहेको बताएका छन् ।

शनिबार रास्वपा सुनसरीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सचेतक परियारले रास्वपा नेपाली जनताको वास्तविक सेवक रहेको दाबी गरे । ‘रास्वपाले नै देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबैसँग म आग्रह गर्दछु,’ उनले भने ।

सम्बोधनका क्रममा केहीदिन अघि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दिएको सम्बोधन उनले स्मरण गरे । ‘जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टी ठूलो दल बन्दा जनताको सेवा गर्नुको सट्टा भुइँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो,’ उनले भने, ‘त्यस्तो काम गर्ने छुट हामीलाई छैन र रास्वपाको कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नुहुँदैन ।’

देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौँ भन्ने भावनाका साथ जनतामा जान उनले आग्रह गरे । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?