+
+

डिसहोमको सेवा केन्द्र नेपालगञ्ज र धनगढीमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १८:१८

dish home२३ कात्तिक, काठमाडौं । डिसहोमले नेपालगञ्ज र धनगढीमा नयाँ सेवा केन्द्र विस्तार गरेको छ । कम्पनीले नेपालगञ्जमा कार्तिक २० गते र धनगढीमा २१ गतेदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

 नेपालगञ्ज सेवा केन्द्रको उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरे भने धनगढी सेवा केन्द्रको कम्पनीका नायब महाप्रवन्धक कल्याण अधिकारी उद्घाटन गरे ।

 डिसहोमका काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज र धनगढी गरी ७ सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।

 डिसहोमले निकट भविस्यामा अन्य प्रमुख शहरहरुमा पनि सेवा केन्द्रको सञ्जाल विस्तार गर्दै लैजाने योजना लिएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिसहोमले विगत ४ बर्षदेखि  नेपालभर ४ लाख  ३५ हजार ग्राहकहरुर्ला सेवा प्रदान गर्दै आएको छ ।
नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि बिना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?