+
+
Shares

धनुषामा १० दिनदेखि बेपत्ता बालक धानखेतमा मृ*त फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको नगराइन नगरपालिका-७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा १० दिनपछि मृ*त फेला परेका छन्।
  • प्रहरीका अनुसार घरदेखि करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव फेला परेको हो।
  • गत कात्तिक ४ गते दशैं टिकाको दिन घरबाट निस्केका साकेतको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव एकछिन अघि फेला परेको हो ।

गत कार्तिक ४ गते दशैं टिकाको दिन बालक घरबाट निस्केका थिए ।  उनी बेपत्ता भएदेखि गाउँ तथा घररिवार चिन्तामा थिए ।

परिवारजन तथा प्रहरी निरन्तर खोजिरहेपनि साकेत फेला पर्न सकेको थिएन । नजिकका गाउँघर तथा वरपर रहेका पोखरी झाडी सबैमा प्रहरीले खोजेको थियो  ।

घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी खनालले बताए । बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?