+
एनपीएल :

सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको खेल हुने

२०८३ कात्तिक  १४ गते १९:१५ २०८३ कात्तिक १४ गते १९:१५

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ ।

वर्षाले प्रभावित खेलमा त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको निकै कठिन परिश्रमपछि ५–५ ओभरको खेल हुने भएको हो । भर्खरै मैदानको निरीक्षणपश्चात अम्पायरहरूले ५–५ ओभर खेल हुने निर्णय लिएका छन् ।

पछिल्लो अपडेटअनुसार ७:२५ मा टस हुनेछ । यस्तै, ७:४१ मा खेल सुरु हुनेछ । मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । स्कोर बोर्डतर्फको दोस्रो विकेटमा खेल खेलाइँदै छ । ५ ओभरको खेल र बाउन्ड्री सानो भएकाले हाइ स्कोरिङ खेलको अपेक्षा गर्न सकिन्छ ।

यद्यपि, पिचको व्यवहार कस्तो रहन्छ त्यो भने खेल सुरु भएपछि थाहा हुनेछ ।

नेपाल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय