+

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य

२०८३ कात्तिक  १४ गते २२:०० २०८३ कात्तिक १४ गते २२:००

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

निकै नाटकिय रुपमा ढिला गरी सुरु भएको ५-५ ओभरमा खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर १०५ रन बनाएको हो ।

विराटनगरका लागि ओपनर शेहान जयासूर्याले सर्वाधिक ३९ रन बनाए । यस्तै अर्का ओपनर लोकेश बमले २५ रन जोडे ।

वान डाउनमा ब्याटिङमा आएका आन्द्रे रसेलले पनि आक्रमक ब्याटिङ गरे । उनले अविजित २९ रन बनाए ।

सुदूरपश्चिमका लागि २ ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर १ विकेट लिए ।

५ ओभरको खेलमा विराटनगरका लागि लोकेश बमसँगै शेहान जयासुर्या ओपनिङमा आए भने सुदूरपश्चिमका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन स्पीनर थरिन्दु रत्नायाके पहिलो खेल्दै पहिलो ओभर बलिङ गरे ।

पहिलो ओभरमै जयासुर्याले रत्नायाकेलाई ५ छक्का प्रहार गर्दा विराटनगरले पहिलो ओभरमा ३५ रन जोड्यो ।

जयासुर्या र लोकेश बमले दुवै छेउबाट विष्फोटक ब्याटिङ गर्दा विराटनगरले ८ बलमै अर्धशतक पूरा गर्दै आक्रमक सुरुवात गरेको थियो ।

शेहान जयासुर्याले तेस्रो ओभरमा आउट हुनुअघि ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ३९ रन बनाएका थिए । अभिनाश बोहराको बलमा एलबीडब्लु भएका थिए । अम्पायरले सुरुमा आउट नदिएपनि रिभ्युमार्फत जयासुर्या आउट भए ।

उनी आउट भएपछि क्रिजमा आन्द्रे रसेल आए ।

ढिला सुरु भएको खेल

सुदूरपश्चिम र विराटनगरबीचको खेल शनिबार साँझ ५ बजे हुने तय थियो । तर वर्षाले पानी जमेकोले टीयू मैदानमा पानी सुकाउन समय लागेकोले बेलुका ७:२५ मा टस गर्ने र ७:४१ मा खेल सुरु गर्ने तय भएको थियो ।

तर टसको समयमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने क्रिजमा गएपनि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी भने गएनन् ।

क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक समेत रहेका पारस खड्का देखि म्याच रेफ्रीसँग लामो छलफल चलेको थियो । तोकिएको समयमा टस र म्याच सुरु हुन सकेन । त्यसपछि पनि एक घण्टा भन्दा बढी समयमको अन्योलपछि ८:५४ बजे बल्ल सुदूरपश्चिमका खेलाडी खेल खेल्न तयार भएका थिए । ९ बजे टस गर्ने र ९:१५ मा टस गर्ने तय भयो ।

टस किन ढिला भयो सुदूरपश्चिमका खेलाडी र व्यावस्थापनले टसका लागि किन तयार भएनन् भन्ने आधिकारिक जानकारी नआएपनि आउटफिल्ड केही गिलो भएकोले र विदेशी खेलाडी खेल्न तयार नभएकोले सुदूरपश्चिम टसका लागि जान नमानेको मैदानमा देखिएको थियो ।

खेल हुने भएपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जित्दै बलिङ रोजे र विराटनगरलाई ब्याटिङको निम्तो दिएका थिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय