News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार नेपालका विभिन्न ब्रान्डका ५८ एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाएको छ।
- निगमले १२ कात्तिकमा सबै ग्यास उद्योगलाई पत्राचार गरी गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र कार्ययोजना बनाएर प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।
- निगमका अनुसार यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा छ।
१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ ।
निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् ।
यसै सन्दर्भमा निगमले १२ कात्तिकमा गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।
यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा निगमको छ ।
प्रतिक्रिया 4