+
+
Shares

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको जीराभवानी गाउँपालिका–५ मा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आइतबार राति दुर्घटना हुँदा चालक संजय खवासको मृत्यु भएको छ।
  • मृतक ४५ वर्षीय खवास सखुबनिया टोलका बासिन्दा थिए र नेशनल मेडिकल कलेज वीरगंजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो ।

सो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?