+
+
Shares

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय र हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्रलगायत हुलाक वस्तु ढुवानी र वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
  • सम्झौताअनुसार त्रिविका निकायले जारी गरेका प्रमाणपत्र विद्यार्थीको फोन नम्बरसहित पूर्ण ठेगानामा हुलाक सेवामार्फत पुर्‍याइनेछ।
  • हुलाक वस्तु ट्रयाकिङ बारकोडसहित पीआईटीएसमा दर्ता गरी सम्बन्धित गन्तव्य ठेगानासम्म पुर्‍याउने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।

१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ठेगानामा विद्यार्थी समक्ष पुर्‍याउने उल्लेख गरिएको छ ।

२२ बुँदामा समेटिएको उक्त सम्झौता पत्रमा शैक्षिक प्रमाणपत्र एवं अन्य कार्यालयीय पत्रहरुलाई व्यवस्थित गर्न विभागले हुलाक वस्तुलाई ट्रयाकिङ बारकोडसहित पीआईटीएसमा दर्ता गरी सम्बन्धित गन्तव्य ठेगानासम्म पुर्‍याउने उल्लेख गरिएको छ।

कीर्तिपुरस्थित रजिष्ट्रारको कार्यालयमा आयोजित सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले समग्र सेवाप्रवाहलाई हुलाकसेवा सँग समन्वय गरी घरमै पुर्‍याउने लामो समयदेखिको सपना पुराभएकोमा आफू निकै हर्षित भएको बताए।

यसैगरी हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाक सेवा नागरीक र राज्यलाई जोडने सवैभन्दा प्रभावकारी संयन्त्र भएको उल्लेख गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय मार्फत जनताको सेवालाई घरघरमा पुर्‍याउने जिम्मेवारी प्राप्त भएको बताइन्।

सम्झौता पत्रमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रा.डा लक्ष्मण पौडेल र गोश्वारा हुलाक कार्यालय,डिल्लिबजारका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जिसी ले हस्ताक्षर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?