+
+
Shares

कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते ८:५४
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो ।

सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायत पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिक दिलाउन १८ करोड खर्चेको प्रसंग अहिले चर्चामा छ । यो प्रकरणलाई कांग्रेसले सरकारको षडयन्त्र भनेको छ । सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकमाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ ।

सरकार प्रतिपक्षको आवाज थुन्न लागि परेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसले पत्रकारहरूमाथिको धरपकड लगायत सरकारको पछिल्लो विवादित सबै गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक बोलाउन माग समेत गरेको छ ।

पार्टीकी महामन्त्री डा. डिला संग्रौलाले अनौपचारिक बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘औपचारिक बैठक होइन । हामीहरू अनौपचारिक छलफल गर्दैछौँ । समसामयिक विषयमा कुराकानी हुन्छ ।’

पार्टीका सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनको समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

पार्टीको जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकोले ती विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफलका लागि बैठक बस्न लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?