+
+
Shares

जनकपुरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो

साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टिम हो । ३ खेलबाट लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । जनपुरले ४ खेल खेल्दा २ जित र २ हारबाट ४ अंक जोडेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १२:१३

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच खेल हुँदैछ ।

यस खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ । जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको हो ।

साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टिम हो । ३ खेलबाट लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । जनपुरले ४ खेल खेल्दा २ जित र २ हारबाट ४ अंक जोडेको छ ।

लुम्बिनीले एक र जनकपुरले दुई परिवर्तन गरेको छ । लुम्बिनीले अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई पहिलो रोजाइमा खेलाएको छ ।

यस्तै जनकपुरका लागि अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परभेज हुसेन इमोन पहिलो रोजाईँमा खेल्दैछन् ।

मोइन अली सुरुवाती चार खेल खेलेर अबुधाबी टी१० लिग खेल्न गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?