+
+
Shares

नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते ११:००
Road Division Bharatpur

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको लोकाहा खोलाको पुरानो ट्रस ब्रिजको स्ल्याबमा समस्या देखिएपछि मर्मतका लागि अझै करिब दुई साता लाग्ने भएको छ।
  • सडक डिभिजन कार्यालय भरतपुरले मर्मत सम्पन्न भएपछि मात्रै पुरानो पुल पुनः सञ्चालनमा आउने जनाएको छ।
  • मर्मत अवधिभर उक्त खण्डमा सवारीसाधनले नयाँ पुल प्रयोग गर्नुपर्ने भएको छ।

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ ।

पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ ।
मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पुल मर्मत अवधिभर उक्त खण्डमा सवारी आवागमनका लागि नयाँ पुल प्रयोग भइरहेको छ । पुरानो पुलमा देखिएको समस्या समाधान गरी मर्मत कार्य सम्पन्न भएपछि मात्रै त्यसलाई पुनः सञ्चालनमा ल्याइनेछ ।

यससँगै लोकाहा खोला पुल हुँदै यात्रा गर्ने सवारीसाधनले थप दुई सातासम्म नयाँ पुलबाटै आवतजावत गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?